
नेपाली चिकित्स डा. रिया बोहराले एसिपी ओस्लर कप जितेकी छिन् । अमेरिकामा कार्यरत डा. बोहरा सन् २०२५ को अमेरिकन कलेजन अफ फिजिसियन (एसिपी) डक्टर्स डिलेमा प्रतियोगितामा ओस्लर कप अवार्ड २०२५ जित्ने पहिलो नेपाली बनेकी छिन् ।
प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र अमेरिकालगायतका देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीले भाग लिएका थिए ।
तीन दिनसम्म चलेको प्रतियोगितामा प्रतिस्पर्धीले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीमा सहभागिता जनाएका थिए ।
डा. बोहराले अमेरिकन कलेज अफ म्यासाचुसेट्स च्याप्ट र सेन्टर भिन्सेन्ट हस्पिटलको प्रतिनिधित्व गरेकी थिइन् ।