१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
एजेन्सी नयाँदिल्ली
२o८२ बैशाख १२ शुक्रबार o९:३४:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

आक्रमणकारीलाई नछाड्ने मोदीको चेतावनी, उपयुक्त प्रतिक्रिया दिइने पाकिस्तानको घोषणा

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार o९:३४:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कस्मिरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणका जिम्मेवारलाई कठोर सजाय दिइछाड्ने प्रतिज्ञा गरेका छन् । कस्मिरमा मंगलबार भएको आक्रमणपछि पहिलोपटक सम्बोधन गर्दै मोदीले भने, ‘म सारा विश्वलाई भन्छु– भारतले हरेक आतंकवादी र तिनका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको जुनसुकै कुनामा भए पनि खोज्नेछौँ ।’

भारतले बुधबार इस्लामाबादलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृंखलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो । पाकिस्तानले भने पहलगाम आक्रमणमा आफ्नो कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गरेका थिए । 

सन् १९४७ मा बेलायतले भारतीय उपमाद्विप छाडेदेखि कस्मिर भारत र पाकिस्तानबिच विभाजित छ । तथापि, दुवै देशले यसको सबै भेगमाथि पूर्ण रूपमा दाबी गर्न छाडेका छैनन् । विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँगश् बिलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कस्मिरमा विद्रोह आएका छन् ।

भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमको कडा प्रतिवाद गरेको छ । नयाँ उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री सहबाज सरिफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाएका थिए । सेना प्रमुख जनरल आसिम मुनिरसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए । 

बैठकपछि एक वक्तव्य जारी गर्दै भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कदमको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।’ भारतले कस्मिरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकको भिसा खारेज गर्ने निर्णय लिएको छ । त्यस्तै पाकिस्तानले आफ्ना आकाशमार्ग भारतीय विमान कम्पनीका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । 

त्यस्तै पाकिस्तानमा बसिरहेका भारतीय नागरिकको भिसा रद्द गरिएको छ । तथापि, सिख तीर्थयात्रीलाई यसमा छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई ‘एक्ट अफ वार(युद्ध कदम)’ भन्दै आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ ।