१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
Invalid date format o७:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : राजस्थानमाथि बेंग्लोरको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५१:oo

रोयल्स च्यालेन्जर्स बेंग्लोरले बिहीबार १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक ११ रनको जित निकालेको छ । 

घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा पाँच विकेट विकेट गुमाएर २०५ रन बनाएको थियो । राजस्थानले २० ओभरमा नौ विकेटको क्षतिमा १९४ रन जोड्यो । लक्ष्य पछ्याउँदा राजस्थानले १८औँ र १९औँ ओभरमा महत्वपूर्ण चार विकेट गुमाएको थियो । यही दुई ओभरमा बेंग्लोर खेलमा फर्किएको हो । 

जितसँगै बेंग्लोर तेस्रो स्थानमा उक्लेको छ । बेंग्लोरले नौ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सले पनि समान १२ अंक जोडेका छन् । रनरेटमा बेंग्लोर तेस्रो स्थानमा रहेको हो ।

राजस्थान ४ अंकका साथ आठौँ स्थानमा छ । पहिलो ब्याटिङ गरेको बेंग्लोरका लागि विराट कोहलीले ४२ बलमा दुई छक्का र आठ चौका प्रहार गरी सर्वाधिक ७० रन जोडे । देवदत्त पडिकलले २७ बलमा चार चौका र तीन छक्का प्रहार गरी ५० रन बनाए । 

राजस्थानका लागि यशस्वी जैसवालले १९ बलमा तीन छक्का र सात चौकाको सहयोगमा ४९ रन बनाए । ध्रुव जुरेलले ३४ बलमा समान तीन छक्का र चौका प्रहार गरी ४७ रनको योगदान दिए । बलिङमा बेंग्लोरका जोस हेजलउडले ३३ रन खर्चेर महत्वपूर्ण चार विकेट लिए ।