१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ११ बिहीबार १o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्रीले गरे वीर अस्पतालकाे सर्जिकल आइसियू कक्ष उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १o:o४:oo

स्वास्थ्य मन्त्रालयको वैशाख महिनामा सेवा थप तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत वीर अस्पतालमा सघन उपचार कक्षको क्षमता वृद्धि गर्ने उद्देश्यका साथ सर्जिकल आइसियू कक्षको उद्घाटन भएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज सो कक्षको उद्घाटन गरे । यससँगै अस्पतालमा सघन उपचार कक्ष (आइसियू)मा नौ शय्या थप भएको छ । यसले शल्यक्रिया आवश्यक परेका, सम्पन्न भएका तथा पर्खाइमा रहेका बिरामीको भर्ना तथा उपचार क्षमता वृद्धि भएको छ ।

वैशाख महिनाभर अन्य संघीय अस्पतालको क्षमता वृद्धि तथा सेवा थपको कार्यक्रम जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।