१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
Invalid date format o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कस्मिरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

बिहीबार बिहान भारतीय पक्षले सुदीपको शव उनको परिवारलाई बुझायाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

भारतको जम्मु–कस्मिरको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ। बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन्। बिहीबार बिहान भारतीय पक्षले सुदीपको शव उनको परिवारलाई बुझाएको हो । 

आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप गत शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए । हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगेका थिए । हिउँ खेल्ने ठाउँमा एक्कासि आएर बन्दुकधारीले एकाएक आक्रमण गरेका थिए ।

बुटवल– १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार आक्रमणकारीले ‘कुन धर्मका हौ ?’ भनेर सोधेका थिए । अनि उनीमाथि गोली चलाएका थिए । तातो गोलीले सुदीपको जीवन त्यही क्षणमा सकियो । न्यौपानेका अनुसार घटनास्थलको थप विवरण पाउन सकिएको छैन ।

सुदीपको बाल्यकाल पनि सजिलो थिएन । आमा–बुवाको सम्बन्धविच्छेदपछि उनी आमा र बहिनीसँग बुटवल– ११ मा बस्दै आएका थिए । बुटवल– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार सुदीपको परिवार बुटवल– ११, होराइजन टोल मनकामना पथमा बस्दै आएको छ ।