
रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउने काम भइरहेको छ। मंगलबारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ। ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मूर्तिमा रंग लगाइरहेका छन् । रंगरोगनका लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ। मत्स्येन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ। रोगनपश्चात् मूर्ति दश कर्मका लागि तंः बहालस्थित मत्स्येन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ।