Skip This
आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
रासस दमौली
२o८२ बैशाख १० बुधबार १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १५:२o:oo

तनहुँको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ। आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो।

समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो। बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले बताए।

बजार क्षेत्रमा ठुला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनि प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उनको भनाइ छ।

प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’सम्बन्धी सूचना राखेको छ। प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिए।