
नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभबहादुर थापाको निधन भएको छ। ९७ वर्षको उमेरमा पाटनस्थित निवासमा मंगलबार बेलुका उनको निधन भएको हो।
थापा ०३५ को साउनदेखि ०३९ को जेठसम्म चार वर्ष नेपाल प्रहरीको आइजिपी थिए। उनको आज अन्तिम संस्कार हुने परिवारले जनाएको छ।