Skip This
प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउनेबाहेक केही पनि गर्नुभएको छैन : प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ९ मंगलबार १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउनेबाहेक केही पनि गर्नुभएको छैन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १७:१५:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तीनलाई हप्काउनेबाहेक समस्या समाधानमा चासो नदिएको बताएका छन्।

मंगलबार दिउँसो नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘शिक्षकहरूले माग गरेको कुनै कुरा होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्नेबाहेक केही पनि छैन, जे सम्झौता भएको थियो, त्यो सम्झौताअनुसारको ऐन बनाइदेऊ भन्नेबाहेक नयाँ कुरा भनेका होइनन्, तपाईंहरू पटक-पटक आन्दोलन गर्नुभएको छ, सरकारले पटक-पटक सम्झौता गरेको छ, पटक-पटक धोका भएको छ, योपटक त्यो स्थिति नहुने जिम्मेवारी हामी सबैको छ,’ उनले भने, ‘साँच्चै भन्ने हो भने अब एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ, हजारौँ र लाखौँ शिक्षकहरू सडकमा छन् दुई हप्तादेखि। ती शिक्षकका मागप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तीनलाई हप्काउनेबाहेक उहाँले केही पनि गर्नुभएको छैन, योभन्दा लाजमर्दो के हुन्छ? अहिले डाक्टरहरू आन्दोलनमा, लघुवित्तपीडितहरू आन्दोलनमा, नर्सहरू महिनौँदेखि आन्दोलनमा छन्।’ 

उनले प्रधानमन्त्रीले शिक्षकमा समस्या समाधान गर्न गम्भीरताका साथ वार्ता गर्ने र प्रतिफल निकाल्ने उद्देश्यसहित काम गर्नुको सट्टा शिक्षकलाई उल्टै अपमानित गर्न लागेको बताए।