Skip This
इजरायलले गाजामा ५० दिनदेखि सहायता रोकिरहेको छ : संयुक्त राष्ट्रसंघ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
फाइल तस्बिर
रासस न्युयोर्क
२o८२ बैशाख ९ मंगलबार १८:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलले गाजामा ५० दिनदेखि सहायता रोकिरहेको छ : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १८:१o:oo

इजरायलले ५० दिनदेखि गाजापट्टीमा सबै प्रकारका सहायताको प्रवेश रोकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यसबाट प्यालेस्टिनीहरूमा निकै गम्भीर प्रभाव परेको संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले बताए।

सोमबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)लाई उद्धृत गर्दै ५० दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताए।

‘रासन काटिएको छ। महत्त्वपूर्ण औषधि, खोप र चिकित्सा आपूर्ति सबै कम हुँदै गइरहेको छ,’ उनले भने, ‘बालबालिका र वयस्कहरू भोकमरीबाट पीडित छन् र गाजापट्टीमा स्वास्थ्य प्रणाली पतनको सँघारमा छ।’

डुजारिकले लाखौँ मानिस विस्थापित भएको बताए। आपतकालीन टोली र सहायताकर्मीहरूमाथि इजरायली आक्रमणहरू फेरि बढेका छन्।