१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ९ मंगलबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारको उजुरी मिलाइदिने भन्दै कर्मचारीबाटै २५ हजार घुस लिने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १४:५२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसलाई मिलाइदिने भन्दै कर्मचारीसँगै २५ हजार रुपैयाँ घुस लिने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पोखरा महानगरपालिकाको उजुरी फर्स्योट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौँ तह) कपिल गिरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारमा उजुरी परी पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भनी सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारले गत ७ चैतमा गिरीलाई रंगेहात पक्राउ गरेको थियो । उनीमाथि थप छानबिन गरेर अख्तियारले मुद्दा दायर गरेको हो । घुस लिएको २५ हजार रुपैयाँलाई नै बिगो कायम गरेर अख्तियारले गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।