Skip This
नेप्से नौ अंकले घट्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ९ मंगलबार १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से नौ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १५:४२:oo

मंगलबार नेप्से परिसूचक ९.९६ अंक (०.३६ प्रतिशत)ले घटेर दुई हजार ६८८.३२ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेको छ।

कुल ३१९ कम्पनीका दुई करोड २५ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्सेका १३ समूहमध्ये तीन समूहको सूचक बढ्दा बाँकी समूहको सूचक घटेका छन्। ‘अन्य’ समूह सर्वाधिक २.२१ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन क्रमशः १.१८ र ०.७९ प्रतिशतले उकालो लागेका छन्। विकास बैंक, लगानी र व्यापार समूह एक प्रतिशतभन्दा बढीले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरैले घटेका छन्।

बजार घटे पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले क्रमशः ९.९८ र ७.४७ प्रतिशत कमाएका छन्। कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।