Skip This
कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो : अध्यक्ष ‘प्रचण्ड’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ९ मंगलबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो : अध्यक्ष ‘प्रचण्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १५:o५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिनजयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए ।  

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय हो,’ उनले भने। 

उनले कम्युनिस्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनले विभाजन र बलिदानबिच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘आजको आवश्यकता कम्युनिस्टहरूलाई  फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्याउने प्रक्रियामा छौँ।’