१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o९:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेलडाँडीका एक पुरुष जलेको अवस्थामा मृत  फेला 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

कञ्चनपुरको बेलडाँडीका एक पुरुष शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाउँपालिका–  ३ खैरीघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन् । राना बेलौरी नगरपालिका– १० शिवनगर मसानघाटनजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ ।

बेलडाँडी गाउँपालिका– ३ का वडाध्यक्ष दुर्गा चौधरीले बिहान घरमा गाईभैँसीलाई आहारा हालेर मोटरसाइकल चढेर कलकत्ता बजार निस्किएका रानाको शंकास्पद मृत्यु भएको बताए । ‘सडकछेउमै मोटरसाइकल जलेर पूर्ण नष्ट भएको छ, शव पनि जलेको छ, नजिकै मोबाइल र पैसा पनि फेला परेका छन्,’ उनले भने, ‘बिहान मर्निङवाक गर्नेहरूले मोटरसाइकल जलिरहेको देखे, तर मानिस देखेनन्, पछि मात्रै मानिस पनि जलेको अवस्थामा मृत भेटिए ।’ घटना निकै शंस्कापद रहेको वडाध्यक्ष चौधरीले बताए । घरपरिवारले भने हत्या भएकाले हत्यारा पत्ता नलागुन्जेलसम्म घटनास्थलबाट शव नउठाउने चेतावनी दिएका छन् । बिहान घरमा वस्तुभाउलाई चारा लिएर हिँडेका रानाको क्षणभरमै मृत्यु भएपछि परिवार विक्षिप्त भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज  जोशीले रानाको मृत्यु शंस्कापद भएकाले बताए । एसपी जोशीले घटनाको अनुसन्धान सुरु भएको बताए। एसपी जोशी आफैँ घटनास्थल पुगेर घटनाको निष्पक्ष छानबिन गर्न पीडित परिवारलाई आश्वासन दिएका छन् ।