१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वि.सं. २०८२ का लागि चार नयाँ पञ्चांगलाई स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३७:oo

नेपाल पञ्चांग निर्णायक विकास समितिले वि.सं. २०८२ का लागि चारवटा नयाँ पात्रो ( पञ्चांग)लाई स्वीकृति दिएको छ। समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अंगिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चांगलाई यस वर्षदेखि प्रकाशन गर्ने गरी स्वीकृति दिएको हो । 

गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चांगको संख्या १४ थियो। वि.सं. २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर  पञ्चांग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। 
 
उनका अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुंगेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशंकर  पञ्चांग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन्।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई  पञ्चांग (पात्रो), भित्तेपात्रो (क्यालेन्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले वि.सं. २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी उक्त जिम्मेवारी दिएको हो। धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्ने गरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ ।