Skip This
एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आइपिओ जारी गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २ मंगलबार १o:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आइपिओ जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १o:oo:oo

 एरो फर्मास्युटिकल्सले प्रतिसेयर सय रुपैयाँ दरका १५ लाख कित्ता साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा एरो फर्मास्युटिकल्सका सञ्चालक समिति अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन् । योसँगै कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको काम क्यापिटलले गर्नेछ । 

अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७५ करोड रहेको कम्पनीले पाँच वर्षदेखि औषधिजन्य ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राई सस्पेन्सन र पाउडरलगायतका उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । बजारमा कम्पनीका हाल एक सय सात ब्रान्डका औषधि छन् । आइपिओबाट जुट्ने पुँजीले उद्योगको क्षमता अभिवृद्धि गरी थप औषधि उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।