Skip This
राप्रपाको विरोध सभा सुरक्षाकाे लागि सात हजार सुरक्षाकर्मी परिचालन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २६ मंगलबार ११:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाको विरोध सभा सुरक्षाकाे लागि सात हजार सुरक्षाकर्मी परिचालन 

विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा गरिने राप्रपाको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार ११:५o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएकाे छ । जसमध्ये नेपाल प्रहरीका पाँच हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय सुरक्षाकर्मी रहनेछन् । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्नेछन् । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।

सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मंगलबारको सभा सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध तयार भएको बताए ।

उनले भने, ‘मंगलबार बल्खुमा राप्रपाको सभास्थल तोकिएको छ । सभा सुरक्षाका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तयार गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्रका गरी सात हजारआसपासमा सुरक्षाकर्मी परिचालन हुनेछ ।’

विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा हुने राप्रपाको भनाइ

राप्रपाले आज बल्खुमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गर्दै छ । प्रदेश सभा आयोजना गर्न राप्रपाले सुरुमा नारायणहिटी राजदरबारबाहिरका लागि अनुमति मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा अनुमति नदिएपछि भृकुटीमण्डपमा गर्ने तयारी भएको थियो । भृकुटीमण्डपमा पनि प्रशासनले अनुमति नदिएपछि बल्खुमा आयोजना गर्न लागेको हो । 

विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा हुने राप्रपाको भनाइ छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै प्रकारका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । कलंकी र कोटेश्वरदेखि नाराजुलुसहित राप्रपा कार्यकर्ता बल्खुमा पुग्नेछन् । राप्रपाले मञ्च तयार गरिसकेको र पार्टीको युवा मोर्चामा आबद्ध स्वयंसेवक परिचालन गरिसकेको छ । प्रदर्शनपछि आयोजना हुने सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सम्बोधन गर्नेछन् ।