मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
२o८१ चैत २२ शुक्रबार १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध तीन महिने अभियान थालनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १६:१२:oo

लागुऔषध दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजलाई पुर्‍याउने क्षतिसँगै त्यसको कुलतमा परेका व्यक्तिबाट हुन सक्ने आपराधिक घटना, त्यसको नकारात्मक असरबारे जनचेतना विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि सिराहामा लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध तीनमहिने अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा प्रहरी, स्थानीय सरकार, सामाजिक संघसंस्थालगायतको सहकार्यमा शुक्रबार जिल्ला सदरमुकाम सिराहाबाट अभियान थालिएको हो । जिल्ला प्रहरी कार्यालयअगाडि थाना चोकबाट शुक्रबार बिहान थालिएको शुभारम्भ र्‍यालीमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरूको सहभागिता रह्यो । 

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आगामी २९ जेठ ०८२ सम्म लागुऔषध दुर्व्यसनविरुद्ध काम गरिरहेका संघसंस्था, स्थानीय प्रहरी र स्थानीय तहको संयोजनमा जिल्लाका १७ वटै पालिकामा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत हरेक पालिकाका कम्तीमा पाँचवटा विद्यालयमा लागुऔषध दुर्व्यसन र ओसारपसार, त्यसले पार्ने असरलगायतको विषयमा छलफल गरिने र सडकनाटकसमेत प्रदर्शन गरिने उनले बताए । 

त्यसबाहेक अभियान अवधिका लागि गोलबजार र सिराहास्थित पुनर्स्थापना केन्द्र र सुरक्षा निकायको समन्वयमा जिल्लाको मुख्य नाकाको रूपमा रहेको माडरमा लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध सचेतना डेस्क सञ्चालन गरिने जनाइएको छ । 

 

 

छुटाउनुभयो की ?