मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २१ बिहीबार
  • Tuesday, 08 April, 2025
२o८१ चैत २१ बिहीबार ११:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कनौजिया तेली समाजको तेस्रो महाधिवेशन, साह सर्वसम्मत अध्यक्षमा निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २१ बिहीबार ११:o१:oo

कनौजिया तेली समुदायको हकहितको संरक्षण र विकासका लागि सक्रिय कनौजिया तेली समाजको तेस्रो महाधिवेशनले पुनः उपेन्द्रप्रसाद साहको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।आगामी दुईवर्षे कार्यकालका लागि महाधिवेशनको बन्द सत्रले केन्द्रीय कार्यसमिति प्रथम उपाध्यक्ष शुभनारायण साह, द्वितीय उपाध्यक्ष कविताकुमारी साह, महासचिव सन्तोषप्रसाद साह, सचिव श्रीराम साह, कोषाध्यक्ष शकुन्तलादेवी साह तथा सदस्यहरू राजकुमार साह, वीरेन्द्रप्रसाद साह, जीवन साह, प्रदीप साह र जयप्रकाश साहलाई सर्वसम्मत निर्वाचित गरेको हो । 

०७५ सालमा केन्द्रीय तदर्थ समिति गठन भई ०७७ सालमा कनौजिया तेलीहरूलाई संगठित गर्दै सामुदायिक हकहित र विकासका लागि योजनाबद्ध र व्यवस्थित रूपले काम गर्न विधिवत् रूपमा दर्ता गरिएको समाजको तेस्रो महाधिवेशनले सात सदस्यीय केन्द्रीय सल्लाहकार र तीन सदस्यीय शिक्षा उपसमिति निर्वाचित गरिएको नवनिर्वाचित अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार सोभित साहको संयोजकत्वमा निर्वाचत सल्लाहकार समितिमा हरिहर साह, कुलदीप साह, रामशंकर साह, रामभरोसी साह, नवलकिशोर साह र एक सदस्यको स्थान खाली राखिएकाले समाजको पहिलो बैठकले मनोनयन गर्नेछ । त्यस्तै, शिक्षा उपसमितिमा विनोदकुमार साह, जोगिन्दर साह र गोपालप्रसाद साह निर्वाचित भएका छन् । 

धनगढीमाई नगरपालिका– १० स्थित प्राकृतिक अस्पतालको सभाकक्षमा आयोजित महाधिवेशनले धनुषा, महोत्तरी, सर्लाहीलगायत मधेशका जिल्लाहरू तथा अन्य प्रदेशमा बसोबास रहेका जातीय समुदायलाई संगठित गर्न महाधिवेशनले समाजको जिल्ला शाखा विस्तार, सदस्यता वितरण, जातीय कोष निर्माण गर्नेलगायतका निर्णय गरेको उनले बताए । महाधिवेशनको उद्घाटन समारोहमा समाजका ज्येष्ठ नागरिक र जेहेनदार छात्रछात्राहरूलाई सम्मानसहित प्रशंसा–पत्र प्रदान वितरण गरिएको थियो । 
 

छुटाउनुभयो की ?