मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २१ बिहीबार
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २१ बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गृहमन्त्री लेखकलाई बोलायो राज्य व्यवस्था समितिले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २१ बिहीबार १o:२५:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनामा भएको सुरक्षा कमजोरीबारे स्पष्ट पार्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । सभापति रामहरि खतिवडाका अनुसार शुक्रबार बिहान ११ बजे गृहमन्त्री लेखकलाई बोलाइएको हो ।

बुधबार बसेको बैठकमा सांसदहरूले तीनकुने घटनाबारे थरीथरीको कुराहरू आएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका थिए । उनीहरूले अहिलेसम्म गृह मन्त्रालयले सत्य–तथ्य सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका थिए । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने उनीहरूको माग थियो । 

राप्रपा सांसद बुद्धिमान तामाङले एकपक्षीय रूपमा प्रस्तुत नहुन आग्रह गर्दै निष्पक्ष न्यायिक छानबिनबाट दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । आफू पनि आन्दोलनमा सहभागी हुन गएको र पूर्वराजा ज्ञानेन्द्र शाहसँगै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसेर फर्किएको उल्लेख गरे ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बालकुमारी घटनामा न्यायिक समिति बनेको, तर अहिले तीनकुने घटनामा किन बनेन भनेर प्रश्न गरे । माओवादीका हितराज पाण्डेले तीनकुने घटनामा सरकार नराम्रोसँग चुकेको बताए । ‘गाडी हुइँकाएर आएका दुर्गा प्रसाईं आफ्नै घेरामा हुँदा नसमात्ने, अहिले छिटोभन्दा छिटो समात्छौँ भनेर कसले पत्याउँछ ?’ उनले भने ।

एमालेका राजेन्द्र राईले तीनकुनेमा ठूलो घटना हुँदा पनि समितिले किन गृहमन्त्री नबोलाएको भनी प्रश्न गरे । कांग्रेस सांसद हृदयराम थानीले १५ चैतको घटनाका सन्दर्भमा गृहमन्त्रीको जवाफ मागे । सांसदहरूले गृहमन्त्री मागेपछि सभापति खतिवडाले शुक्रबार आउने तय भएको बताए । 

छुटाउनुभयो की ?