मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा एचडियू सेवा एक महिनादेखि ठप्प  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एचडियू सेवा पछिल्लो एक महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। अस्पतालको एचडियू सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीलाई अस्पतालबाहिर महँगोमा  सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको हो।

गत फागुन २० गतेदेखि अस्पतालको सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा उपचार गराउन गएका रमेश मण्डलले एचडियू सेवा बन्द भएपछि उपचार गराउन धरान पुग्नुपरेको बताए। अस्पतालमा एचडियू भएपछि सेवा सुलभ हुने गरेको उनले बताए। 

‘अस्पताललाई थप उच्चस्तरीय सेवा सञ्चालन गर्नुपर्ने वेलामा एचडियू पनि बन्द हुनु दुःखद  हो,’ पूर्वमन्त्री उमेश यादवले भने, ‘अस्पताल राजनीतिक गर्ने थलो बनेको छ, यसलाई हामी मिलेर  सुधार गर्नुपर्छ । दुईदेखि तीन महिनामा यो अस्पतालको मेसु परिवर्तन हुन्छ, जसले जति बुझाए त्यो मेसु बनेर आउँछ, आएका मेसुहरू  अस्पतालको सुधारभन्दा पनि पैसा उठाउनमा लाग्छ, त्यही भएर अस्पताल लथालिंग हुन्छ ।’  

गजेन्द्रनारायण  सिंह अस्पतालका मेसु डाक्टर प्रकाशप्रसाद शाहले  कर्मचारीको अभावको कारण  एचडियू बन्द भएको बताए । उनले भने, ‘के–कसो छ बुझ्दै छु ।’