
अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मंगलसेन–१, कुन्तीका २० वर्षीय जीवन थापाको मृत्यु भएको हो।
मध्यपहाडी लोकमार्गस्थित नेपाल खाद्य संस्थान कार्यालयनजिकैको घुम्तीमा थापाले चलाएको से७प १४६९ नम्बरको मोटरसाइल दुर्घटना भएको थियो। तीव्र गतिका कारण भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कुन्तीकै १७ वर्षीय चेतन थापा घाइते भएका छन्। उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल सडकदेखि ३५ मिटर तल भिरमा खसेको थियो।
करेन्ट लागेर युवतीको मृत्यु
अछाममै करेन्ट लागेर एक युवतीको ज्यान गएको छ। बान्नीगढी जयगढ–६, दर्नास्थित चण्डालीकी १८ वर्षीया सुनीता कडायतको करेन्ट लागेर ज्यान गएको हो। बाख्रा चराउन जंगल गएको वेला विद्युत् पोलबाट करेन्ट प्रवाह हुँदा उनको ज्यान गएको थियो।