मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Wednesday, 26 March, 2025
२o८१ चैत १२ मंगलबार २१:१३:oo
Read Time : < 1 मिनेट
समाचार

कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध हेटौँडामा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार २१:१३:oo

सरकारले बदनियतपूर्ण ढंगबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै हेटौँडामा पनि विरोध प्रदर्शन भएको छ। माओवादीनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्वमा हेटौँडामा प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा उनीहरूले हातमा मैनबत्ती र टुकी बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए। 
हेटौँडाको सिमाचोकबाट नारा-जुलुस गर्दै निस्किएका उनीहरूले विद्युत् माफियाको चंगुलमा फसेर सरकारले उज्यालो नेपालका नायक कुलमानलाई हटाएको आरोप लगाएका थिए। विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका थिए।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउन रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच केहीबेर घम्साघम्सी भएको थियो। त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन्। केहीबेरको प्रदर्शनपछि उनीहरूले बुद्धचोकमा कोणसभाको आयोजना गरेका थिए।