मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका नवलपरासी
२o८१ चैत ८ शुक्रबार २२:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले बुझाए विद्युत् बक्यौताको किस्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार २२:११:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् खपतको बक्यौता महसुल तिरेको छ । 

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टिलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिएका छन् । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको बताइएको छ ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेको उद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । सर्वोत्तम सिमेन्टको विद्युत् बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।