मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Saturday, 22 March, 2025
सौरभ यादव राजविराज
२o८१ चैत ८ शुक्रबार २२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अधुरो सडक निर्माण नभए सप्तरीका पालिका प्रमुख धर्ना बस्ने

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार २२:o५:oo

सप्तरीमा निर्माणाधीन अधुरो सडक योजना छिटो पूरा नगरे सप्तरीका पालिका प्रमुखहरूले धर्नामा बस्ने घोषणा गरेका छन्। जिल्ला समन्वय समिति सप्तरीमा शुक्रबार बसेको जिल्लाका पालिका प्रमुखहरूको बैठकले सो निर्णय नै गरेको हो । 

बैठकको निर्णय सुनाउँदै बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले भने, ‘यहाँका अधुरो सडक योजना छिटोभन्दा छिटो पूरा गरोस्, नभए हामी सप्तरीका सबै पालिका प्रमुख सडक डिभिजन कार्यालय लहानमा धर्नामा बस्नेछौँ।’ 

बैठकले संघ र प्रदेश सरकारका योजना एकद्वार प्रणालीमार्फत लागू गर्न माग गर्ने निर्णयसमेत गरेको छ। अध्यक्ष यादवका अनुसार यसले योजनाको बिक्री–वितरणमा भइरहेको समस्यासमेत समाधान हुने बताए। ‘संघ र प्रदेशका योजना स्थानीय तहमा पठाएर यहाँ निर्वाचित जनप्रतिनिधिबाट समिति गठन गराएर गराउनुपर्छ,’ उनले भने, ‘यसले योजना बिक्री भइरहेको गुनासोसमेत सम्बोधन हुनेछ।’

बैठकले सार्वजनिक सम्पत्ति संरक्षण तथा विकासमा बाधा पुर्‍याउनेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीलाई पत्राचार गर्ने निर्णय गरेको पालिका अध्यक्ष यादवले बताए।