मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ८ शुक्रबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षा गराउने प्रणाली भित्रिँदै, भोलि पूर्व र मध्यनेपालकेन्द्रित वर्षा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार २o:४४:oo

शनिबार पूर्वी र मध्यनेपालकेन्द्रित वर्षाको सम्भावना  छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार  शुक्रबार साँझबाट दक्षिणदेखि मधेश भएर बादल भित्रिन थालेको छ भने रातिबाट कोशी प्रदेश हुँदै दक्षिण-पश्चिम बादल बहने भएकाले यो प्रणालीका कारण शनिबार देशभर नै बादल लाग्ने देखिएको हो।  

कोशी, मधेश, बागमती र गण्डकीमा हल्का वर्षा हुने अनुमान गरिएको छ भने लुम्बिनीका केही ठाउँमा वर्षाको सम्भावना छ। यद्यपि, स्थानीय वायुका कारण शुक्रबार साँझ गण्डकीका केही ठाउँमा वर्षा भएको छ।

‘काठमाडौं उपत्यकामा पनि शनिबार बादल लाग्छ, तर उपत्यकाका केही ठाउँमा हल्का वर्षा हुन सक्छ,’ मौसमविद् अधिकारीले भने। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ। शनिबार रातिबाट मौसममा सुधार आउने आकलन महाशाखाले गरेको छ।