१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१० अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १५:५६:oo

आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको सेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।

नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको सेयर कारोबारमा १४५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्से घटे पनि आज वित्त, होटेल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने बढेको छ । म्युचुअल समूहको परिसूचक आज स्थिर रह्यो भने अन्य सबै समूहको परिसूचक घट्यो ।

आज राप्ती हाइड्रोका सेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महालक्ष्मी विकास बैंकका सेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।