
प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सोमबारको नियमित कार्यसूचीअनुसार बैठक बसेको हो।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा पनि छलफलको तयारी छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट किन नहटाउने भन्दै ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। घिसिङले स्पष्टीकरण बुझाइसकेका छन्।