
चलचित्र 'झिल्को'को टिजर सार्वजनिक भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को टिजर सोमबार सार्वजनिक भएको हो।
‘झिल्को’ मा मोबाइलको लतले बालबालिकामा पारेको असर चित्रण गरिएको छ। साथै, निर्देशक भट्टराईले ‘झिल्को’मार्फत डिजिटल एडिक्सनले समाजमा पार्ने असरको कथा भनेका छन्।
‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरूणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन्। यसको निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल हुन्। फिल्मलाई दीपक बज्राचार्यको छायांकन गरेका छन् भने निमेष श्रेष्ठको सम्पादन रहेको छ।
चलचित्र आगामी १९ वैशाखमा रिलिजकाे तयारीमा छ।