मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
नयाँ पत्रिका काठमाडौ‌ं
२o८१ फाल्गुण २२ बिहीबार १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार

डा‍. निराकारमान श्रेष्ठको मनोस्वास्थ्य तथा मनोरोग पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌ं
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार १९:१५:oo

वरिष्ठ मनोचिकित्सक एवं पूर्वस्वास्थ्यसचिव डा‍. निराकारमान श्रेष्ठको मनोस्वास्थ्य तथा मनोरोग पुस्तक सार्वजनिक भएको छ। डा‍. श्रेष्ठको उक्त पुस्तक हालै सार्वजनिक भएको हो।

यस पुस्तकमा मानसिक स्वास्थ्य र यसको महत्त्व, मानसिक रूपले स्वस्थ रहने उपाय, मानसिक रोगसम्बन्धी केही आत्मविश्वास तथा गलत धारणा, मानसिक रोगका मोटामोटी प्रकार, जनरलाइज्ड एड्जाइटी डिसअर्डरलगायत विष्यवस्तुबारे प्रकाश पारिएको छ।

त्यस्तै, फोबिक डिसअर्डरदेखि हिस्टेरिया, आत्महत्या, सुस्तः मनस्थिति, माइग्रेन, अल्जाइमर्स र नेपालमा मानसिक रोगको उपचारमा देखिएका समस्या र निकारकणबारे पुस्तकमा चर्चा गरिएको छ।  

विभिन्न धार्मिक सूक्ति र नीतिशतकका केही दृष्टान्त दिँदै आध्यात्मिक ज्ञानको आधारमा लागुऔषध दुर्व्यसनका विभिन्न पक्षबारे चर्चा गर्दै मनुष्य जीवनमा शान्ति तथा सुख प्राप्त गर्ने तरिका, चञ्चल मनको नियन्त्रण, विपत् रोकथाम तथा विपत् व्यवस्थापन दुर्व्यसनको उपचार पद्धतिबारे पुस्तकमा प्रस्ट पारिएको छ। 

डा‍. श्रेष्ठले मानसिक रोगको औषधोपचार गराउँदा बिरामीको हेरचाह गर्ने व्यक्ति तथा परिवारले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने कुरादेखि मानसिक स्वास्थ्य सेवालाई सुदृढ तथा सशक्त पार्ने उपायबारे उल्लेख गर्दै मानसिक रोगसम्बन्धी केही अन्धविश्वास तथा गलत धारणाबारे बुँदागत रूपमा प्रस्ट पारेका छन्। 

मनोचिकित्सक श्रेष्ठले मनोरोगका प्रकार, अवस्था आदि विषयमा विस्तृत प्रकाश पार्नुका साथै हजारौँ रोगीसँगको आफ्नो अनुभवलाई समेटेर पुस्तकको आकार दिएका हुन्।