मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २२ बिहीबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस चौतारी १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार १७:२४:oo

प्रेस चौतारी नेपालले दसाैँ राष्ट्रिय महाधिवेशनको प्रचार लोगो सार्वजनिक गरेको छ। आगामी १० र ११ चैतमा कोशी प्रदेशको विराटनगरमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि चौतारीले प्रचार लोगो सार्वजनिक गरेको हो।

बिहीबार केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित कार्यक्रममा चौतारीका इन्चार्ज तथा एमाले स्थायी समिति सदस्य राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले संयुक्त रूपमा प्रचार लोगो सार्वजनिक गरे। महाधिवेशन तयारीकै लागि चौतारीले महाधिवेशनस्थल विराटनगरमा केन्द्रीय महाधिवेशन सचिवालयको कार्यालयसमेत स्थापना गरेको छ।

लोगोमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको होचो भूमि केचनाकवल, इलामको चिया, कोशी टप्पु वन्यजन्तु आरक्षणदेखि श्रमजीवी पत्रकारहरूको एकताको सन्देश दिने विषयवस्तु समेटिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए। 

लोगो सार्वजनिकपछि सम्बोधन गर्दै उनले महाधिवेशन समृद्ध नेपालका लागि सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिका र श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षामा केन्द्रित हुने बताए।

‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ मूल नारासहित आयोजित महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्।