मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २० मंगलबार २२:२१:oo
Read Time : < 1 मिनेट
समाचार

सेनाका पूर्वसहायक रथी खत्रीले दिए सबुज गणलाई ३० हजारबराबरका पुस्तक उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार २२:२१:oo

नेपाली सेनाका पूर्वसहायक रथी एवं भारतका लागि पूर्वसैनिक सहचारी रामचन्द्र खत्रीले सबुज गणलाई ३० हजार मूल्यबराबरका पुस्तक उपहार दिएका छन्। बाराको अमलेखगन्जस्थित गणको २६२औँ वार्षिकोत्सवको अवसर पारेर उनले उक्त पुस्तकहरू प्रदान गरेका हुन्।

गणको पुस्तकालयमा रहेका पुस्तकले सैनिकहरूको व्यावसायिक तथा बाैद्धिक क्षमताको अभिवृद्धिमा सहयोग पुग्ने उनको अपेक्षा छ। सो क्रममा खत्रीले आफूले लेखेका कूटनीतिसम्बन्धी सात लाखबराबरका पुस्तक विभिन्न निकायलाई अनुदान दिइसकेको पनि बताए। 

राष्ट्रपतिबाट सुकीर्ति पदक प्राप्त गरेका खत्री ‘क्याडेट क्याप्सुल’ पुस्तकका लेखकसमेत हुन्। खत्रीले लेखेका २० वटा पुस्तक नेपाल सरकारको लोक सेवा आयोग, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका अधिकृत, सुब्बा तथा अन्य दर्जाको प्रवेश परीक्षाका लागि उपयोगी मानिन्छ।

खत्रीले सबुज गणमा पहिलो नियुक्ति पाएका थिए। ०४८ सालमा उनी सबुज गणमा सेकेन्ड लप्टन (सहायक सेनानी)मा भर्ना भएका थिए। सेनामा ३३ वर्ष सेवा गरेका उनले हालै अवकाश पाएका हुन्। खत्रीले आफ्नो ‘मदर युनिट’ सबुज गणलाई दोस्रोपटक उपहार दिएको जानकारी दिए। 
उनले सन् २००० देखि पुस्तक कूटनीति (बुक डिप्लोमेसी) जारी राखेका छन्।