मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका ब्रसेल्स
२o८१ फाल्गुण ९ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इयूको प्रविधि क्षेत्रको विकासमा जर्मनीद्वारा महत्त्वपूर्ण सहायता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रसेल्स
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १४:४२:oo

युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ ‘इन्फिनोन सेमिकन्डक्टर’ उत्पादन कारखाना निर्माण गर्न ९० करोड युरो रकमबराबरको जर्मन सहायतालाई अनुमोदन गरेको छ ।

‘यो नयाँ निर्माण प्लान्टले युरोपेली संघ (इयू) को उत्पादन क्षमतामा वृद्धि ल्याउनेछ । यसले सेमिकन्डक्टर प्रविधिमा आपूर्ति र प्राविधिक स्वायत्तताको युरोपको सुरक्षालाई सुदृढ पार्नेछ,’ आयोगको एक विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

नयाँ प्लान्टको कुल लगानी ३.५ अर्ब युरो लाग्नेछ ।

प्लान्टले इलेक्ट्रोनिक प्रणालीको नियन्त्रणका लागि एनालग र डिजिटल प्रविधिबिचको खाडललाई पूरा गर्न आवश्यक एकीकृत सर्किटहरू उत्पादन गर्नेछ । उक्त अर्धचालक प्रविधि औद्योगिक, मोटर वाहन र उपभोक्ता अनुप्रयोगहरूमा प्रयोग गरिनेछ ।

भर्खरैका अध्ययनहरूले युरोप अर्धचालकसहित लगभग सबै महत्त्वपूर्ण प्रविधिहरूमा चीन र संयुक्त राज्य अमेरिकाभन्दा पछाडि रहेको देखाएको छ । आगामी वर्षहरूमा यो खाडल बन्द हुने आशा इयूले गरेको छ । रासस