मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ८ बिहीबार
  • Friday, 21 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ८ बिहीबार २o:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद

रंगशालामै पुगेर ललितपुरका मेयर चिरिबाबुले दिए साम्बालाई नगद र मायाको चिनो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ८ बिहीबार २o:२८:oo

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘प्लेयर अफ द म्याच’ बनेकी साबित्रा भण्डारी (साम्बा)लाई २५ हजार नगदसहित मायाको चिनो प्रदान गरेका छन्।

बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको फोर नेसन्स कप प्रतियोगितास्थलमै पुगेर मेयर महर्जनले हौसलास्वरूप उक्त रकम र मायाको चिनो प्रदान गरेका हुन्।

‘उहाँको खेल निकै राम्रो थियो, उहाँ प्लेअर अफ द म्याच बन्न सफल हुनुभएको छ,’ उनले भने, ‘त्यही कारण हामीले हौसला थपेका हौँ।’ आजको खेलसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। खेलमा नेपालले लेबनानलाई १–० ले हराएको हो।