
गुरुकुल विद्यासदनले हिसान गण्डकी प्रदेश स्तरीय र इन्फोम्याटिक्स कलेजले कजेजतर्फ फुटसल प्रतियोगिताको उपाधि जितेकाे छ ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा सम्पन्न तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिताको उपाधिसँगै गुरुकुलले एक लाख हात पार्दा कजेजतर्फ इन्फोम्याटिक्सले उपाधिसँगै २५ हजार नगद, मेडल र ट्रफी पाएको छ ।
फाइनलमा गुरुकुलले कास्की मोर्डनाइज एकेडेमीलाई २–१ गोलअन्तरले र इन्फोम्याटिक्सले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता कास्की मोर्डनाइजले ५० हजार र इन्फोम्याटिक्सले १० हजार नगदसँगै मेडल र ट्रफी पाएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुलका सुमित मल्ल, हाइस्कोरर कास्की मोर्डनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोर्डनाइजका कुसल गिरी घोषित भएका थिए ।