मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ७ बुधबार २१:१७:oo
Read Time : < 1 मिनेट
समाचार

प्रकृति लम्सालको शव बेलहिया ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार २१:१७:oo

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल-भारत नाका बेलहिया ल्याइपुर्‍याइएको छ। लु१च९८३६ नम्बरको एम्बुलेन्समा उनको शव ल्याइएको छ।  

बुधबार अपराह्न ५ बजेतिर गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजेतिर बेलहिया ल्याइएको हो। केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याउन लागिएको हो।