मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Friday, 21 February, 2025
रमेश रावल सुर्खेत
२o८१ फाल्गुण ७ बुधबार १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्यशक्तिको स्रोत जनता हुन् : मुख्यमन्त्री कँडेल

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार १२:४o:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्यशक्तिको स्रोत जनता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्यशक्तिको स्रोत जनता भएको बताएका हुन् । 

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण रहेको मुख्यमन्त्री कँडेलले बताए । ‘आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दै जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिद परिवार, बेपत्ता, घाइते एवं अंगभंग हुनुभएका व्यक्तित्वहरू, आन्दोलनमा अगुवाइ गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै जनसमुदाय, नागरिक समाज, राजनीतिक कार्यकर्ताहरू एवं सबै क्षेत्र र वर्ग तथा समुदायको योगदानको उच्च प्रशंसा गर्दछु।’ 

नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण रहेको र यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दै जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेमा विश्वास लिएको मुख्यमन्त्री कँडेलले बताए । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विक्रम संवत् २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुँदैन,’ उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरूप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’ 

उनले नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सके मात्र प्राप्त गर्न सक्छौँ भन्ने यथार्थलाई हामीले बिर्सनु नहुने बताए ।