मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ७ बुधबार o७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o७:३३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनतालाई शुभकामना दिएका छन् ।

बुधबार ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फागुन ७ गतेलाई नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिनको रूपमा स्मरण गरेका छन् ।

‘फागुन ७ गते । आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।