मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Saturday, 15 February, 2025
२o८१ फाल्गुण ३ शनिबार १८:३२:oo
Read Time : < 1 मिनेट
सप्तरंग

लामिछानेलाई गजल सम्मान, रुम्बा भए सर्वोत्कृष्ट गजलकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार १८:३२:oo

गजल मञ्च मकवानपुरले संस्थाकी परिकल्पनाकार एवं संस्थापक उपाध्यक्ष दुर्गा लामिछाने नमुनालाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रमकाबिच लामिछानेलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो। 

गजल क्षेत्रको संस्थागत विकास गर्दै उन्नयन र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै शिक्षासेवी एवं साहित्यसेवी भोला शिवाकोटीले स्थापना गरेको सम्मान लामिछानेलाई प्रदान गरिएको हो । 

मञ्चका अध्यक्ष केशव समर्पण, प्रमुख अतिथि साहित्यकार तुलसी घिमिरे, विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कार संस्थापक शिवाकोटीलगायतले लामिछानेलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । मञ्चले गतवर्षदेखि सम्मान प्रदान गर्न सुरु गरेको हो । गतवर्ष गजलकार अनिश न्यौपाने ‘भावना’लाई गजल सम्मान प्रदान गरिएको थियो ।      

यस्तै २२१औँ नियमित गजल यात्राका साथमा शनिबार नै आयोजित माध्यमिक तहस्तरीय गजल प्रतियोगितामा हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत निकेश रुम्बा सर्वोत्कृष्ट घोषित भएका छन् । उनलाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद राशीको मनमाया स्मृति गजल पुरस्कारबाट पुरस्कृत गरिएको छ।

गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापित पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिएको छ । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १४ जना विद्यार्थी गजलकारले भाग लिएका थिए ।