मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Saturday, 15 February, 2025
२o८१ फाल्गुण ३ शनिबार १८:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद

पहिलाे सहभागितामै ब्ल्याकबुल्सले हात पार्‍यो आहारारा पोखरा गोल्डकपको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार १८:२१:oo

पाहुना टोली उज्वेकिस्तानको ब्ल्याकबुल्स फुटबल क्लबले पहिलो सहभागितामै आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न २४औँ संस्करणको प्रतियोगिताको फाइनल खेलमा ६ पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै ब्ल्याकबुल्सले उपाधि हात पारेको हो।

योसँगै प्रतियोगिताले नयाँ विजेतासमेत पाउँदा पराजित भएसँगै पुलिसको साताैँपटक उपाधि जितेर धेरैपटक उपाधि जित्ने टोलीमा आफ्नो नाम लेखाउने अवसरबाट चुकेको छ। २४औँ संस्करणसम्म आइपुग्दा ६ पटक उपाधि हात पारेको पुलिसको यो ११ पटकको फाइनल यात्रा थियो। 

खेलमा ब्ल्याकबुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले समेत सान्त्वना गोल गरेको थियो। खेलको ४०औँ मिनेटमा जाखोनगिर अख्मादोभले हानेको फ्रिकिक विपक्षी किपर सत्रुधन चौधरीको पन्च नगरी बल समात्न खोज्ने क्रममा समात्न नसकेपछि बलले जाली चुम्न पुगेको थियो।

५९औँ मिनेटमा असिलबेक ओरिफजोनोभले गोग गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। ६६औँ मिनेटमा साभाकात्जोन सत्तरोभले टोलीको अग्रता तेब्बर पारेका थिए। तीन गोलले पछि परेको अवस्थामा खेलको ७४औँ मिनेटमा पुलिसका लागि शिशिर चौधरीले सान्त्वना गोल गरेका थिए। 

यसअघि वाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश पाएको ब्ल्याकबुल्सले अर्को पाहुना टोली भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई क्वार्टरफाइनलमा ३–१ गोल अन्तरले र सेमिफाइनलमा पाँचपटकको विजेता थ्री स्टार क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो। 

फाइनलमा स्थान सुरक्षित गरेको पुलिसले यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वार्टरफाइनलमा पाहुना टोली बेलायतको बिग्रेड ब्वाइज क्लबलाई २–० र सेमिफाइनलमा ए डिभिजन लिग विजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको थियो। 

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लंग्रेन प्रिमियम बासमती राइसको सहप्रायोजनमा सम्पन्न प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए। 

यसैगरी, सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै टफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिनेछ।

यी हुन् उत्कृष्ट
सर्वाेत्कृष्ट खेलाडी : साभाकात्जोन सत्तरोभले, ब्ल्याकबुल्स
गोलकर्ता : साभाकात्जोन सत्तरोभले, ब्ल्याकबुल्स
डिफेन्डर : अलिजोन अलिजोनोभ, ब्ल्याकबुल्स 
गोलरक्षक : जासुरबेक राजाब्वाई, ब्ल्याकबुल्स
मिडफिल्डर : राम बाजी, पुलिस
स्टाइगर : अजिजबेक  खुर्सोनबोएभ ब्ल्याकबुल्स
प्रशिक्षक : अबदुलाजिज निसअनवेइभल, ब्ल्याकबुल्स
फेयर प्ले अवार्ड : भारतको थन्डरबोल्ट नर्थ युनाइटेड
उदीयमान खेलाडी : सञ्जीव लामा, पुलिस