मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३० बुधबार १९:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग

अस्ट्रेलियाको सात सहरमा नेपथ्यकाे सांगीतिक यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १९:२८:oo

नेपथ्यले अस्ट्रेलियाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ। एक महिना लगाएर ब्यान्डले सातवटा अस्ट्रेलियाली सहरहरूमा आफूलाई प्रस्तुत गर्नेछ।

आगामी ३ मार्चमा संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ मार्चमा सिड्नीमा पुगेर सम्पन्न हुनेछ। त्यसबिच ब्यान्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई उभ्याउनेछ।

नेपालीपनमा रमाउने संसारभरिका स्रोता-दर्शकहरूलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्यको यो सातौँ अस्ट्रेलिया यात्रा श्रृंखला हो। ‘नेपथ्यले स्थापनादेखि नै देशविदेशमा प्रस्तुति दिँदै आएको भए तापनि ब्यान्डलाई विशिष्ट कलेबरमा पहिलोपटक उभ्याउने काम अस्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका स्रोता-दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविस्मरणीय छाप छोड्दै आएको छ।’

अस्ट्रेलियाको यात्रामा यसपटक ६ जना ब्यान्डका सदस्य र आठजना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय हुनेछ। 

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेसनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’मा आयोजना हुनेछ।