मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
श्याम खतिवडा गुम्देल (रामेछाप)
२o८१ माघ ३० बुधबार १८:४९:oo
Read Time : > 1 मिनेट
अर्थ

नुप्चे-लिखु जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

 साउन मसान्त ०८२ सम्म विद्युत उत्पादन गर्ने तयारी

Read Time : > 1 मिनेट
श्याम खतिवडा, गुम्देल (रामेछाप)
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १८:४९:oo

रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित लाछ्योवरको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन नुप्चे-लिखू जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट क्षमताको नुप्चे-लिखू जलविद्युत आयोजनाको बुधबार सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

बुधबार दिउँसो नुप्चे खोला र लिखू खोला जोडिने सुरुङको बिच भागमा बाँकी खण्ड फुटाएर औपचारिक रुपमा ब्रेक थ्रु गरिएको थियो । मंगलबार साँझसम्म दुवैतर्फबाट सुरुङ निर्माण गरी बाँकी रहेको ४.३७ मिटर सुरुङ बुधबार दिउँसो छेडिएको हो । बुधबार नुप्चे—लिखु जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले स्वीच थिचेर विष्फोट गराएपछि सुरुङ छिचोलिएको हो । 

सुरुङ छिचोलिएपछि नुप्चे खोलादेखि लिखु खोलातिरबाट आएको सुरुङ जोडिने ठाउँसम्मको एक हजार पाँच सय ९९ मिटर मुख्य सुरुङ खुलेको आयोजनाले जनाएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष टिएन आचार्यले सुरुङ ‘ब्रेक थ्रू’ भएसँगै अब निर्धारित समय र तोकिएकै लागतमा  आयोजना निर्माण सम्पन्न हुने जनाएका छन् । 

दुई वटा खोला नुप्चे र लिखुको पानी मिसाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको आयोजनाको दुई वटा हेडवक्र्स छ । लिखुतर्फको हेडरेस सुरुङको ‘ब्रेक थ्रू’ गत जेठ पहिलो सातामा भैसकेको छ । दुईवटै हेडवक्र्सबाट करिब सात हजार चार सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्नेमा आयोजनाले हालसम्म ६ हजार आठ सय ५६ मिटर सुरुङ निर्माण गरिसकेको जनाइएको छ । बाँकी पाँच सय ९० मिटर सुरुङ निर्माणको काम पनि तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिए ।  आयोजनाको ३०० मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) को ‘ब्रेक थ्रू’ यसअघि नै भइसकेको कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए ।

लिखु खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे–लिखु जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ असोज ०७८ देखि यो आयोजना रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन छ । 

सुरुङ निर्माण अन्तिम चरणमा
आयोजनाको लागि कुल सात हजार चार सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्छ । यी सुरुङ मध्ये २९५ मिटर मुख्य सुरुङ निर्माणका लागि अडिट सुरुङ निर्माण गरिएको महाप्रबन्धक रमेश अधिकारीले बताए । उनले आयोजनाको जम्मा सुरुङमध्ये हालसम्म ६ हजार आठ सय ५६ मिटर सुरुङ निर्माण भैसकेको र अब पाँच सय ९० मिटर मात्रै सुरुङ निर्माण गर्न बाँकी छ ।  अडिटदेखि उत्तरतिर ३०० मिटर सुरुङमा दुवै खोलाको पानी आउने सुरुङ जोडिने र ति सबै सुरुङ निर्माण भएकाले अब लाइनिङ र सटक्रिटको काम सुरु हुने उनले बताए । 

दक्षिणतिरको २७५० मिटर सुरुङमध्ये बाँकी सुरुङ आगामी जेठभित्र ‘ब्रेक थ्रू’ गर्ने अधिकारीले बताए । आयोजना सम्पन्न गर्न १० अर्ब ५७ करोड लागत अनुमान गरिएको छ । जसमा माछापुच्छ«े बैंकको अगुवाईमा हिमालयन बैंक, बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कुषि विकास, एनसिसी बैकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ५० करोड रुपैयाँ लगानी गरेको छ ।