मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २६ शनिबार २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार

दार्चुलाको इयरकोट स्वास्थ्य चौकीले पायाे नयाँ भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार २१:१२:oo

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ। गाउँपालिका अध्यक्ष दलजितसिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले उक्त भवनको शनिबार संयुक्त उद्घाटन गरेका हुन्।

भवन निर्माणमा भारत सरकारले दुई करोड पाँच लाख ३६ हजार अनुदान सहयोग गरेको थियो। भवन उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो। ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको उक्त अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधा निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा लिइएको थियो र दार्चुलाको नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

कार्यक्रममा नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली नागरिकको उत्थानमा भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरेका थिए । नवनिर्मित पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न उपयोगी हुने अपेक्ष गरिएको छ । यस परियोजनाबाट १५ हजारभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा छ ।