मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १८:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग

‘पायलट प्रेम’ लिएर आए क्याप्टेन उप्रेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १८:५६:oo

स्वदेश तथा विदेशमा लामो समय हवाई उडान अनुभव संगालेका क्याप्टेन वेद उप्रेती पायलट प्रेम उपन्यास लिएर आएका छन्। गृहनगर धनगढीमा शनिबार आयोजित कार्यक्रममा प्राडा हेमराज पन्त, डा. प्रेमराज पन्तलगायतले ‘पायलट प्रेम’को विमोचन गरेका हुन्।

उप्रेतीको यो १३औँ कृति हो। केही यथार्य र केही कल्पनालाई आधार बनाएर एउटा पाइलटको जीवन र प्रेमलाई उपन्यासमा देखाउन खोजिएको उनले बताए। उनले यो पुस्तक ‘एभियसन’ अध्ययन गर्न चाहने विद्यार्थीलाई उपयोगी हुनेसमेत बताए। 

‘धेरैजसो वास्तविक विषयवस्तु र केही फिक्सन मिलाएर कथावस्तु तयार पारिएको हो,’ विमोचन समारोहमा उनले भने, ‘एभियसन अध्ययन गर्न चाहने विद्यार्थीलाई पथप्रदर्शक हुने ठानेको छु।’ उडान क्षेत्रमा दुर्घटना, अवस्था, चुनौतीजस्ता विषय प्रसंग पनि पुस्तकमा उल्लेख रहेको लेखक उप्रेतीले जानकारी दिए।

पुस्तकमाथि टिप्पणी गर्दै उपप्राध्यापक सीताराम भट्टले पायलट प्रेम जीवनवादी उपन्यास भएको बताए। ‘उपन्यासको मुख्य पात्र सोनाम शेर्पाको समर्पित प्रेम देखाइको छ,’ भट्टले भने, ‘जीवन, प्रेम र आशावादीतामा लेखकको दार्शनिकता देखिन्छ।’

अर्का टिप्पणीकर्ता कमलराज जोशीले पुस्तकको भाषाशैली परिस्कृत रहेको बताए।