मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
रासस काठमाडौं
२o८१ माघ २६ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउन सरकार प्रयासरत’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १६:५७:oo

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए।

दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गराएको उनको भनाइ थियो।

‘नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसदमा लैजाने तयारी छ। निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ। जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ,’ उनले भने, ‘यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ। तीनवटा कानुन संशोधनका लागि संसद् पुगेका छन्। बाँकी विधेयक यसै चालू अधिवेशनमा पुर्‍याउँछौँ।’ 

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताए। साथै, उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताए। विधेयकका कमीकमजोरी संसदमा सच्च्याउन सकिने भन्दै उनले चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिए।