पाँच करोड रुपैयाँ पर्ने बहुमूल्य ढुंगा सस्तोमा बिक्री गर्ने भनेर ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। कास्की प्रहरीले पर्वत फलेवास नगरपालिका– ५ घर भई पोखरा बसनेकी इन्दिरा विक, राजन विक र खोटाङ हलेसी नगरपालिका– १ की लक्ष्मी राईलाई पक्राउ गरेको हो ।
उनीहरूले सुब्बा गुरुङलाई १३ लाख ठगी गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए । उनीहरूको कोठाबाट प्रहरीले सेतो रंगको ६ वटा पारदर्शी ढुंगा पनि बरामद गरेको छ।