मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार २o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार २o:३३:oo

हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको पर्वाह नगरी ४६ देशका ६१८ पर्यटकले मनाङ भ्रमण गरे ।

चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै १९९ पर्यटक यहाँ घुम्न आएका छन्।


एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका १०६ नागरिकले भ्रमण गरेका छन् ।

गत वर्षहरूमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो ।