मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार

पौडेल र कार्कीसहित १० पत्रकारलाई प्रेस चौतारी स्थापना वर्ष पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १९:५३:oo

प्रेस चौतारी नेपालले २७औँ स्थापना दिवसका अवसरमा १० जना पत्रकारलाई वर्ष पुरस्कारबाट सम्मान गर्ने भएको छ। प्रेस चौतारीले यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मातृका पौडेल र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार टपेन्द्र कार्कीलाई सम्मान गर्न लागेको हो।

२५–२७ फागुनमा विराटनगरमा हुने १०औँ महाधिवेशनमा उक्त पुरस्कार दिइने निर्णय गरिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नेछन्।

चौतारीले गठन गरेको पुरस्कार छनोट समितिको सिफारिसअनुसार सक्रिय पत्रकारहरूलाई पुरस्कार दिने निर्णय गरेको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताए।

यस्तै, डेकेन्द्र थापा स्मृति पुरस्कारबाटै म्याग्दीकी मालती केसी, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट कैलालीका हेमन्त पौडेल, डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कारबाट कास्कीकी शान्ति गुरुङ, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट पर्साका लालबाबु शेख र पाल्पाका रिमा सोमै पुरस्कृत भएका छन्।

सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाकी उषा तामाङ र सुनसरीकी रोशनी कठेत र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट सोलुखुम्बुका गार्डेन राई र डडेल्धुराका हरीश चन्दलाई पुरस्कृत गर्ने निर्णय भएको पनि महासचिव लामाले जानकारी दिए।