मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
२o८१ माघ २४ बिहीबार १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितवनमा पनि रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १७:४८:oo

जिल्ला अदालत चितवनले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासले यस्तो आदेश दिएको हो। 

बैंक जमानत बुझाएर लामिछाने छुट्ने तयारीमा छन्।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। 
यसअघि कास्कीमा उनीविरुद्ध ६५ लाख, काठमाडौंमा ६० लाख तथा रुपन्देहीमा एक करोड रुपैयाँ धरौटी माग भएको थियो।