
बाँके प्रहरीले कर्तव्य ज्यानमुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। जाजरकोटको कुसे गाउँपालिका– ८ का २३ वर्षीय जगतसिंह ठकुरीलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीले जानकारी दिए।
उनलाई नेपालगन्जस्थित एक होटेलबाट गएराति करिब १० बजे पक्राउ गरिएको जोशीले बताए। पक्राउ परेका ठकुरीले २८ असार ०८१ मा नेपालगन्ज उपमहानगरपालिका टाँगा स्टेसननजिकै इरसाद कवडियामाथि धारिलो हतियार प्रहार गर्दा ज्यान गएको थियो।